काठमाडौ, पुुस ३०
सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको एघारौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैकले शुुव्रmबार काठमाडौमा बार्षिक साधारण सभा सम्पन्न गरेको हो ।
उक्तसभा बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठज्यूको अध्यक्षतामा आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा भौतिक उपस्थिति एवं अनलाइन (जुम) मार्फत समेत एकैसाथ संचालन भएको हो । सभाले बैंकको चुक्ता पूँजीको छ दसमलव पाँच प्रतिशत लाभाशं वितरण गर्ने प्रस्ताव परित गरेको छ । २०७८ आषाढ मसान्तमा कायम चुक्ता पुँजीमा नौ अर्व तीन करोड ४४ लाख २९ हजार पाँच सय दुई रुपैयाँ ५० पैसामा पाँच दसमलव ७५ प्रतिशतले हुन आउने रकम ५१ करोड ९४ लाख ७९ हजार छ सय ९६ रुपैयाँ ३९ पैसा बराबरको बोनश शेयर वितरण गर्ने र कर प्रयोजनको लागि चुक्ता पुँजीको शुन्य दसमलव ३० प्रतिशतले हुन आउने रकम दुर्ई करोड ७३ लाख ४१ हजार ३६ रुपैयाँ ६५ पैसा बराबरको नगद लाभाशं वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
सभाले लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७७–०७८ को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण बाँडफाड लगायतका प्रतिवेदन पारित गरेको छ । साथै साधारण सभाबाट बैंकको संस्थापक समूहमा हाल रहेको ५३ दसमलव ४१ प्रतिशत शेयर संरचनालाई ५१ प्रतिसतले हुने गरी शेयरधनीहको शेयर संरचना परिवर्तन गर्ने संचालक समितिको निर्णय अनुमोदन गरेको छ । आधुनिक प्रविधिको माध्यमबाट देशका दुर्गम तथा शहरी क्षेत्रमा सरल बैंकिग सेवा प्रदान गर्दै आएको सेञ्चुरी कमर्सियल बैंकले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म आफ्ना एक सय २६ शाखा १० वटा एक्सटेन्सन काउन्टर, २५ शाखा रहित बैंकिङ्ग र एक सय आठ एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दे आइरहेको छ ।