आधारभूमि संवाददाता
काठमाडौँ ३० पुस
निर्वाचन आयोगले आज सर्वदलीय बैठक आह्वान गरेको छ । बैठक शुक्रबार बिहान ११ बजे बस्दैछ । राष्ट्रियसभा र स्थानीय तहको निर्वाचनका बारेमा छलफल गर्न आयोगले बैठक बोलाएको हो ।
बैठकमा आसन्न राष्ट्रियसभा निर्वाचन र स्थानीय तहको निर्वाचनको मितिदेखि तयारीसम्मका बारेमा कुराकानी हुने आयोगले जनाएको छ ।
बैठकमा संघीय संसद, प्रदेश संसद र स्थानीय तहमा प्रतिनिधित्व गरिरहेका दललाई बैठकमा सहभागी हुन निमन्त्रणा दिइएको छ ।
१२ माघमा राष्ट्रियसभा निर्वाचन हुँदैछ । आयोगले स्थानीय तहमा पहिलो कार्यकाल पूरा हुन लाग्दा निर्वाचनको तयारी थालेको छ ।