neapl investment mega bank
  • गृहपृष्ठ
  • नेपाल क्रेडिट एण्ड कमर्स बैंकको २४ औं वार्षिक साधारण सभा सम्पन्न

नेपाल क्रेडिट एण्ड कमर्स बैंकको २४ औं वार्षिक साधारण सभा सम्पन्न

Jan 13th, 2022

काठमाडौ, पुस २९
नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडको २४ औं वार्षिक साधारण सभा सम्पन्न नभएको छ । बैंक सञ्चालक समितिका अध्यक्ष उपेन्द्र केशरी न्यौपानेको सभापतित्वमा बैकले बिहिबार बार्षिक साधारण सभा सम्पन्न गरेको हो ।

सभाले आर्थिक वर्ष २०७७–०७८को मुनाफाबाट आठ प्रतिशत बोनस शेयर र सो बोनस शेयर जारी गर्दा लाग्ने कर प्रयोजनको लागि चुक्ता पूँजीको शुन्य दसमलव ४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मतरुपमा पारित गरेको छ । सभाबाट पारित आठ प्रतिशत बोनस शेयर वितरण पश्चात बैंकको चुक्ता पुंजी ११ अर्ब १३ करोड ९६ लाख ७८ हजार १४ रुपैयाँ पुग्ने भएको छ ।

सभाले आर्थिक वर्ष २०७८–०७९को लेखापरीक्षण कार्यका लागि प्रधान एण्ड शाक्य एसोसिएटस्, चार्टर्ड एकाउन्टेन्टस्लाई लेखापरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको छ । बैंकले आर्थिक वर्ष २०७७–०७८मा एक खर्ब १० अर्ब ८० करोड रुपैयाँ निक्षेप परिचालन गरी ९८ अर्ब ३२ करोड खुद कर्जा प्रवाह गरेको छ । साथै उक्त आर्थिक वर्षमा कर तथा बोनस पछि एक अर्ब ३३ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।
देशैभर शाखा सञ्जाल फैलिएको एनसीसी बैंकले ७ वटै प्रदेशमा गरी १३७ शाखा १२ वटा एक्स्टेन्सन काउन्टर र ११४ वटा एटिएम वुथहरु सञ्चालन गरीे ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गर्दै आएको छ ।