neapl investment mega bank
  • गृहपृष्ठ
  • कोरोना बढेसँगै इण्डियन आइडल पवनदिपको कार्यक्रम स्थगित

कोरोना बढेसँगै इण्डियन आइडल पवनदिपको कार्यक्रम स्थगित

Jan 12th, 2022

काठमाडौ, पुस २८
कोरोना संक्रमण बढेसँगै बिभिन्नकार्यक्रमहरु प्रभावित बन्न पुगेको छ । यही पु ३० गते इण्डियन आइडल २०२१ बिजेता पवनदीप राजनको हायात रेजेन्सीको कार्यक्रम र माघ १ गते ठमेलको लर्ड अफ ड्रिंक्स (एलओडी) को कार्यक्रम स्थगित भएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंको पछिलो सुचना अनुसार कार्यक्रम स्थगित गरिएको आयोजकले जनाएका छ्न । कोरोना संक्रमण बढ्दै गएपछि भीडभाड हुने सभा सम्मेलन, कार्यक्रम धमाधम स्थगित भइरहेकाछन् । आयोजकका अनुसार अर्को सुचनापछि मात्र कार्यक्रमको आगामी तयारी रहने बताएकाछन ।