neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • आजदेखि उपत्यकामा स्मार्ट लकडाउन , यी हुन् गर्न हुने र गर्न नहुने काम

आजदेखि उपत्यकामा स्मार्ट लकडाउन , यी हुन् गर्न हुने र गर्न नहुने काम

Jan 12th, 2022

आधारभूमि संवाददाता

काठमाडौ ,२८ पुस

पछिल्लो समय कोरेना संक्रमणदर ह्वात्तै बढेको छ । काठमाडौं उपत्यकामा बढ्दो सक्रमणलाई थप फैलन नदिन स्थानीय प्रशासनले स्मार्ट लकडाउन लागू गरेको छ ।

मंगलबार काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले स्मार्ट लकडाउनसहित ​ कडाइ गर्ने निर्णय गरेको हो ।

स्मार्ट लकडाउनको आदेश मंगलबार मध्यराति १२ बजेदेखि लागू भएको छ । अब सार्वजनिक स्थलमा मास्कको प्रयोग र साबुन पानीले हात धुने जस्ता स्वास्थ्य मापदण्डको पालना अनिवार्य गराउन प्रशासनको आदेश छ ।

उपत्यकामा आर्थिक गतिविधि र आवागमन नरोक्ने गरी स्मार्ट लकडाउन कार्यविधिअनुसार आदेश जारी गरिएको छ । यस्तै भीडभाड तथा राजनीतिक गतिविधिमा रोक लगाइएको छ ।

अव सार्वजनिक ठाउँमा २५ जना भन्दा बढी भेला पाइने छैन । सार्वजनिक स्थलमा जाँदा माघ ७ देखि खोप लगाएको कार्ड देखाउनुपर्ने नियम लागु गरिएको छ । यस्तै माघ १५ सम्म विद्यालय बन्द रहनेछन् ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi