neapl investment mega bank

आजको मौसमः यी स्थानमा फाटफुट बर्षा

Jan 12th, 2022

काठमाडौँ २७ पुस


जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाको पूर्वानुमान अनुसार देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ।

हाल प्रदेश १ र प्रदेश २ लगायत पहाडी भूभागहरूमा आंशिक देखि सामान्य बदली रहेको छ र बाँकी स्थानहरूमा आंशिक बदली रहेको छ।

आज सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहनेछ भने बाँकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश ,गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा फाटफुट देखि हल्का वर्षाको सम्भावना साथै प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

त्यस्तै राती प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागहरूमा आंशिक देखि सामान्य बदली तथा अन्य भूभागहरूमा आंशिक बदली रहने छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।