neapl investment mega bank
  • गृहपृष्ठ
  • बेष्ट फाईनान्सको थतिचोक शाखा लगनखेल बसपार्क सँंगै स्थानान्तरण

बेष्ट फाईनान्सको थतिचोक शाखा लगनखेल बसपार्क सँंगै स्थानान्तरण

Jan 11th, 2022

काठमाडौ, पुस २७
बेष्ट फाईनान्स कम्पनीको ललितपुर महानगरपालिका १२, थतिचोकमा रहेको लगनखेल शाखा कार्यालय लगनखेल बसपार्कसँंगै स्थानान्तरण गरी आईतवारबाट संचालनमा आएको छ । नयाँ शाखा कार्यालयको महिला संचालक लक्ष्मी श्रेष्ठ र पूर्व संचालक मिलन थापाले संयुक्तरुपमा उद्घाटन गरेका हुन ।

कार्यक्रममा त्यस क्षेत्रका प्रतिष्ठित व्यवसायीहरु एवम ग्राहकहरुको उपस्थिति रहेको थियो । वेष्ट फाईनान्स कम्पनी लिमिटेडले हाल १४ वटा शाखा कार्यालय मार्फत बित्तीय सेवा दिदै आएको छ ।

फाइनान्सवाट डिजिटल बैकिङ सेवालगायत सबै प्रकारका बैकिङ सेवाहरु उपलब्ध गराउँदै आएको बताइएको छ । नयाँ सेवा अन्तर्गत हालै अनलाइन खाता खोल्ने सुविधा संचालनमा ल्याएको फाइनान्स स्रोतले बताएको छ । जसबाट देशविदेशमा रहेका नेपालीहरुले अनलाइन खाता खोल्न सक्नेछन् ।