काठमाडौ २७ पुस
काठमाडौं उपत्यकाका १२ देखि १७ वर्ष उमेरका बालबालिकालाई आजदेखि कोभिड(१९ भाइरसविरुद्धको खोप लगाइँदैछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं, ललितपुर र भक्तपुरका बालबालिकालाई विद्यालयमा खोप लगाइने भएको हो । बालबालिकालाई फाइजर र मोडर्ना खोप लगाइने मन्त्रालयले जनाएको छ।
यता सरकारले आजबाटै लागू हुनेगरी आधारभूत र माध्यमिक तहका विद्यालय १५ माघसम्मका लागि बन्द गरिसकेको छ । विदाको अवसर पारेर १२(१७ वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाउने सरकारी लक्ष्य छ ।
बालबालिकाहरुलाई उमेर खुल्ने कागजात लिई तोकिएका खोप केन्द्रमा गई भीडभाड नगरी स्वास्थ्यका मापदण्ड पूरा गरी खोप लिन मन्त्रालयले आग्रह गरेको छ ।