आधारभूमि संवाददाता
ललितपुर, २५ पुस ।
नेकपा एमाले ललितपुरमा पुरुषोत्तम आचार्य सर्वसम्मत निर्वाचित भएका छन् । गत शनिबारदेखि जारी जिल्ला अधिवेशन अन्तर्गत आज भएको बन्दसत्रले आचार्यलाई अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित गर्ने निर्णय गरेको हो ।
त्यस्तै उपाध्यक्षमा प्रेमभक्त महर्जन, सचिवमा राम राउत, उप सचिवमा श्याम व्यञ्जनकार र तारा सञ्जेल निर्वाचित भएका छन् ।
बन्दसत्रले १ सय १५ सदस्यको जिल्ला सदस्यको नामावली पनि घोषणा गर्दैछ । निर्वाचन समितीले कार्यसमिती घोषणा गर्ने कार्यक्रम रहेको वताइएको छ ।
एमालेको विधान अनुसार जिल्लामा ५ जना कार्यसमिती पदाधिकारी रहेको १ सय २० जनाको क्लष्टरसहित कार्यसमिती बनाउने व्यवस्था छ ।