neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • सरकारले बागमती वरपरको अतिक्रमित भुभागहरु हटाउने छ – मन्त्री झाँक्री

सरकारले बागमती वरपरको अतिक्रमित भुभागहरु हटाउने छ – मन्त्री झाँक्री

Jan 9th, 2022

आधारभूमि संवादाता
काठमाडौं २५ पुस।

सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले सरकारले बागमती वरपरको अतिक्रमित गरिएका भुभागहरु हटाउने बताएकी छिन् ।

शनिबार गोदावरी खोला क्षेत्र सरसफाइ अभियानको १५० औं हप्ताको औपचारिक कार्यक्रममा मन्त्री झाँक्रीले शहरी विकास मन्त्रालयले सडक मात्रै नभएर बागमती विष्णुमती लगायत खोला, सार्वजनिक सम्पदाको वरपर अतिक्रमित गरिएका भुभागहरु हटाउने काम गर्ने वताएकी हुन् ।

यस्तै, मन्त्री झाँक्रीले गोदावरी खोला क्षेत्र सरसफाइ अभियानले गरेको कार्यप्रति प्रशंसा गर्दै नितिगत हिसाबले कानुनी र कार्यक्रमको हिसाबले केही थप काम गर्नुपर्ने बताईन् । संघीय सरकारले ल्यान्डफिल्ड साईट बनाउने तर, स्थानीय सरकार भने कानमा तेल हालेर बस्ने गरेको दावी गरिन् ।

हाम्रो गोदावरी स्वच्छ,सफा र सुन्दर गोदावरी भन्ने नारालाई आत्मसाथ गर्दै सुरु भएको अभियानले गोदावरी खोला क्षेत्रलाई हरेक हप्ता सफा गर्दै स्वच्छ बनाउन प्रयास गरिरहेको छ। उक्त सफाइ अभियानको सुधारात्मक प्रयास भईरहेको हुदा यसलाई झन कायम गर्दै, अझै उर्जाका साथ अघि बढ्ने आफुहरुको लक्ष्य रहेको संयोजक बेवी राज भण्डारीले बताईन् ।

अभियान्ताहरुले निरन्तर साप्ताहिक रुपमा गोदावरी कुण्ड देखि गोदावरी खोला हनुमन्ते दोभान सम्म सरसफाइ गरेर जनचेतनामूलक ,सचेतनामुलक अभियान चाल्नुका साथै कोरोनाका कारण खोलामा गएर सबै भेला भएर सरसफाइ गर्दै आएका छन् ।

गोदावरीमा पहिलो पटक सो अभियानको थालनी २०७५ साल फागुन २६ गतेदेखि शुरु भएको थियो ।
कार्यक्रममा पुर्वअर्थ राज्यमन्त्री उदय शम्शेर राणा, गोदावरी नगरपालिका मेयर गजेन्द्र महर्जन, उपमेयर मुना अधिकारी, वाग्मती सरसफाइ महाअभियानका मुख्य अभियन्ता लीलामणि पौडेल लगायतले गोदावरी खोला क्षेत्र सरसफाइ अभियानको काम सरहानिय रहेको बताउँदै आगामी दिनमा पनि यस्तै कार्यहरु गर्दै जान शुभकामना व्यक्त गरेका थिए ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi