आधारभूमि संवाददाता
काठमाडौं २५ पुस
अव सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन नपाइने भएको छ । आइतबार बसेको कोभिड(१९ संकट व्यवस्थापन समन्वय केन्द्र सीसीएमसीसी० को बैठकले सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन रोक लगाउने निर्णय गरेको हो ।
सीसीएमसीसीले नगरी नहुने नियमित कार्यक्रमको हकमा स्थानीय प्रशासनको अनुमति लिएर गर्ने व्यवस्था मिलाउने पनि निर्णय गरेको छ ।
बैठकले अर्को सूचना नभएसम्म सार्वजनिक स्थलहरुमा २५ जना भन्दा बढी भेला हुने गरी मेला, भेला तथा महोत्सवहरु आयोजना नगर्न नगराउन सबै स्थानीय प्रशासनलाई गृह मन्त्रालय मार्फत लेखी पठाउन सिफारिस गर्ने निर्णय गरेको वताइएको छ ।
यसै्रगरी बैठकले सार्वजनिक स्थलमा हुने राजनीतिक तथा धेरै जना उपस्थित हुने गरी प्रशासनिक, सामाजिक एवं त्यही प्रकृतिको कार्यक्रम नगर्न आह्वान गरेको छ ।