काठमाडौ, पुस २५
राष्ट्रिय नागरिक पार्टीको बिशेष महाधिवेशन सम्पन्न भएको छ । अध्यक्ष शुक्र बहादुर गुुरुङको सभापतित्वमा पार्टीले पुस २४ गते शनिवार काठमाडौको धुम्वारीहीस्थित कार्की पार्टी प्यालेसमा बिशेष अधिबेशन सम्पन्न गरेको हो ।
अधिबेशनले गुरुङ कै अध्यक्षतामा ४२ सदस्यीय नयाँ कार्य समिती चयन गरेको छ । नयाँ कार्यसमितीमा अध्यक्षमा शुव्रm बहादुर गुरुङ, बरिष्ठ उपाध्यक्षमा नवराज घले, उपाध्यक्षमा बुद्धि बहादुर गुरुङ, महामन्त्रीमा तोरण बहादुर कर्माचार्य, महामन्त्रीमा भक्त बहादुर थापा, सहमहामन्त्रीमा सागर कार्की र सचिवमा आनन्द थापा रहेकाछन । यसैगरी केन्द्रिय सदस्यहरुमा ठानिश्वर रिजाल, घनराज तामाङ, सञ्जय कुमार श्रेष्ठ, एलिजा बस्नेत, दोङसाङ तामाङ, रिता सुनार, सावित्री थापा, लाक्पा तामाङ, सरोज कार्की, बिनोद बहादुर थापा, भक्त बहादुर बिष्ट, मेख बहादुर सुनार, शिव बहादुर बिश्वकर्मा, झयन्द्र कुमार अधिकारी, जयराम श्रेष्ठ, सुशिला जिरेल, सजना थापा, कमल प्रशाद खरेल, आयुष परियार, उत्तम तामाङ, श्रीकमल प्रसाद पौेडेल, लवराम गुरुङ, ध्यानेन्द्र बिव्रmम शाही, लक्ष्मण सुनार, बिमला सुनार, जया थापा, सुरेश कुमार मण्डल, नरबहादुर मण्डल, कमला पाण्डे, कविता घले, तारादेवी बस्नेत र महिन्द्र परियार रहेकाछन ।
बिशेष अधिबेशनको समुद्धघाट्नका व्रmमममा अध्यक्ष गुरुङले राष्ट्रिय नागरिक पार्टी बैकल्पिक राजनीतिक शक्तिकोरुपमा उदाउँदै गरेको पार्टी भएको र यसले नेपाली राजनीतिमा नेपाली काँग्रेस, कम्युनिष्ट पार्टी र माओवादी पार्टीहरुले गरेका बेथितीहरुलाई रोक्ने उद्ेश्य लिएको बताए । गरिव दुुखी जनता र राष्ट्रिय हितको प्रमुख उद्ेश्य सहित हामी नेपाली राजनीतिमा बैकल्पिक शक्तिकोरुपमा उदाएका हौं, उनले भने । पार्टी बिसं २०७० सालमा स्थापना भएको र आफुले बिसं २०७५ साल बैशाख २९ गतेबाट पार्टीमा अध्यक्षको भुमिका निर्वाह गर्दे आएको उल्लेख गर्दे उनले भने, अबको पाँच बर्षभित्र सत्तामा पुग्ने गरी हामीले रणनीति बनाएका छौं । अहिलेसम्म ३० वटा जिल्लाहरुमा कमिटी बिस्तार गरिसकेको र यो बिशेष महाधिवेशन पछि हामी बाँकी रहेका अन्य जिल्लाहरुमा पनि तिव्ररुपमा कमिटी बिस्तार गछों, अध्यक्ष गुुरुङले भने ।
पार्टीको मुख्य उद्ेश्य गुणस्तरीय शिक्षालाई सबैको पहुंचमा पुर्याउनु पर्ने, सानो ठुलो सबै रोगको उपचार सकेसम्म निशुल्क, नसके न्युनतम शुल्कमा गर्नुपर्ने, युवाहरुलाई बढ्दो बिदेश पलायनलाई रोक्नको लागि स्वदेशमा नै रोजगारीको ग्यारेन्टी गर्नुपर्ने र यसको लागि सरकारले प्रति घरपरिवार १५ लाख रुपैयाँ बिनाधितो कर्जा उपलब्ध गराउनु पर्ने रहेको छ । यही माग लिएर हामीले सरकारलाई घच्घच्याउँदै जनताको बिचमा गएका हौं, उनले भने । सोही कार्यव्रmममा प्रमुख अतिथिकोरुपमा उपस्थित भएका नेपाली जनता दलका अध्यक्ष हरिचरण साहले राष्ट्रिय नागरिक पार्टीलाई जनताको आफ्नो पार्टी बनाउन सुभकामना दिए । तपाईहरुको उदे्ेश्य अनुरुप तपाईहरुको अब बैकल्पिक राजनीतिक शक्तिकोरुपमा उठाउनुहोस, देश र जनताको सर्वोपरि हितलाई ध्यानमा राखेर अगाडि बढ्नुहोस, अध्यक्ष साहले भने ।
सोही कार्यव्रmममा उक्त पार्टीका बरिष्ठ अध्यक्ष नबराज घलेले पनि आफ्नो पार्टीले जनताको सर्वोपरी हितलाई ध्यानमा राखेर काम गर्ने र देशव्यापीरुपमा कमिटी बिस्तार गर्दे आम नेपाली जनताले गर्व गर्न लायकको पार्टी बनाउने उद्घोष गरे । बिशेष अधिबेशन कार्यव्रmममा राष्ट्रिय नागरिक पार्टीका महामन्त्रीहरु गोविन्द्र श्रेष्ठ, बिवी थापा, सहमहामन्त्री सागर कार्की सहितका व्यक्तिहरुले पार्टीको नीति, उद्ेश्य, पार्टीको भावी उद्ेश्य, एजेण्डा र कमिटी बिस्तारका बारेमा जानकारी दिएका थिए । महाधिवेशनमा कास्की, पोखरा, काभ्रे, नुवाकोट, धादिङ, दोलखा, रामेछाप लगायतका ठाउँहरुबाट संयौंको संख्यामा उक्त पार्टीको नेता तथा कार्यकर्ताहरु राजधानी आएका थिए ।