neapl investment mega bank
  • गृहपृष्ठ
  • कामना सेवा विकास बैंकद्वारा नेपाल मै पहिलो पटक मोबाइल एपमार्फत शाखारहित बैंकिङ्ग सेवा सञ्चालन

कामना सेवा विकास बैंकद्वारा नेपाल मै पहिलो पटक मोबाइल एपमार्फत शाखारहित बैंकिङ्ग सेवा सञ्चालन

Jan 8th, 2022

काठमाडौ, पुस २४
नेपाल मै पहिलो पटक कामना सेवा विकास बैंक लिमिटेडद्वारा मोबाइल एप मार्फत शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याईएको छ ।
आफ्नो सेवा विस्तार गर्ने क्रममा गण्डकी प्रदेश अन्तर्गत बागलुङ जिल्लाको काठेखोला गाउँपालिका, वडा नं ५ बिहुँपोखरामा यही शनिवार वडा नं ५ का वडा अध्यक्ष शिव प्रसाद कडेल र बैंकका गण्डकी प्रदेश प्रमुख केदारनाथ शर्माबाट संयुक्तरुपमा मोबाइल एप प्रयोग गरी शाखारहित बैंकिङ्ग सेवा समुद्घाटन समारोह सु–सम्पन्न गरेको हो ।

उक्त कार्यक्रममा वडा नं ५ का अन्य प्रतिनिधिहरु, स्थानीय व्यक्तिहरु तथा बैंकका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।