काठमाडौ, पुस २३
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्ण कुमार श्रेष्ठले दक्ष जनशक्ति निर्माण गरी युवाका लागि नेपालमै उपयुक्त वातावरण बनाउने सरकारको प्राथमिकता रहेको बताएकाछन ।
सरसफाइ अभियन्ता नमस्तेलाल भुमि श्रेष्ठको पुस्तक सकारात्मक सोंच, खोज र रोजुको विमोचन गर्दे मन्त्री श्रेष्ठले सकारात्मक सोचका साथमुलुकको विकास र समृद्धि अभियानमा लाग्न आग्रह गरेका हुन । धेरै ठूलो त्याग, तपस्या र बलिदानबाट अहिलेको राजनीतिक प्रणाली स्थापित भएको चर्चा गर्दे उनले अबको एउटै लक्ष्य मुलुकको समृद्धि भएको बताए ।
देशभित्र रोजगारीको अवसर सिर्जना गर्ने तथा वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित रबढी उपलब्धिमुलक बनाउने योजना सरकारले अघि बढाएको उनले बताए । उद्यमशीलता विकास, सीप विकास तालिम जस्ता योजनामार्फत युवालाई नेपालमा नै अवसर प्रदान गर्ने सरकारको प्राथमिकता रहेको उनले बताए । वैदेशिक रोजगारीमा गएका युवाहरुले विदेशमा सिकेको सीप र अनुभवकोभरपुर सदुपयोग गर्न पुनर्एकीकरणको योजना अघि बढाएको बताउँदै उनले नेपाललाई बलियो र आर्थिक रूपमा सम्पन्न बनाउनुपर्ने धारणा व्यक्त गरे । देशलाई विकसित गर्ने र आधुनिक राष्ट्रको निर्माण गर्न सकारात्मक सोंचका साथ अघि बढ्न उनले आग्रह गरे ।
कार्यक्रमका वक्ताहरुले तनहुँको बन्दिपुरमा जन्मिएर काठमाडौंलाई कर्मथलो बनाइ भाषा, संस्कृति, सामुदायिक विकास, खानेपानी तथा सरसफाइको क्षेत्रमा सरसफाइ विज्ञ नमस्तेलाल भूमि श्रेष्ठले पुर्याउनुभएको योगदानको चर्चा गरेका थिए । श्रेष्ठले विद्यालय सरसफाइ कार्यक्रम, सरसफाइ महोत्सव, हात धुने अभियान, खुला दिशामुक्त अभियान जस्ता राष्ट्रिय स्तरका सरसफाइ अभियानमा नेतृत्वदायी भुमिका खेलेकाछन । सरसफाइ र सामाजिक सेवाको यात्रामा आफुले सिकेका र अनुभुति गरेका बिषयहरु समेटेर श्रेष्ठले सकारात्मक सोंच, खोज र रोज पुस्तक लेखेकाछन ।