neapl investment mega bank
  • गृहपृष्ठ
  • एमाले जिल्ला अधिवेशनः ललितपुर जिल्लाको नेत्तृत्व सर्वसम्मतीमा चयन गर्ने तयारी

एमाले जिल्ला अधिवेशनः ललितपुर जिल्लाको नेत्तृत्व सर्वसम्मतीमा चयन गर्ने तयारी

Jan 7th, 2022

ललितपुर ,पौष २३

नेकपा एमालेको जिल्ला अधिवेशन ललितपुरको मंगलबजारमा शुक्रबार देखि शुरु भएको छ । सो अधिवेशनको नेकपा एमालेका महासचिव तथा लुम्बिीनी प्रदेश प्रमुख शंकर पोखरेलले उद्घाटन गरेका छन् ।

ललितपुर जिल्लाको नेत्तृत्व सर्वसम्मतीमा शनीबार छनोट गर्ने तयारी गरेको बताइएको छ । अधिवेशनको उद्घाटनमा विशेष अतिथि सिद्धिलाल सिंह, अतिथिहरुमा नेकपा एमाले ललितपुर इन्चार्ज तथा पोलिटव्युरो सदस्य शुशिला नेपल, ललितपुर क्षेत्र नंं १ प्रतिनिधि सभा सदस्य नवराज शिल्वाल, नेकपा नेताहरु बाबुराम थापा, मञ्जरी शाक्य, खगेन्द्र नेपाल, बावुकाजी प्रधान, चेतनाथ शञ्जेल, देवकी श्रेष्ठ, श्यामकृष्ण सिलवाल, मिठाराम के.सी. चिरिञ्जीवी आचार्य, दिनेश महर्जन प्रेम महर्जन, दिनेश अछामी, राजेन्द्र श्रेष्ठ, महालक्ष्मी नगरपालिका मेयर तथा बागमती प्रदेश सदस्य रामेश्वर श्रेष्ठ, राजेन्द्र व्यञ्जनकार लगायत पालिकाहरुका निर्वाचित जनप्रतिनिधिहरुको तथा जिल्ला, नगर र वडा कमिटीका नेताहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रमामा नेकपा एमाले ललितपुर जिल्ला कमिटी अध्यक्ष हरिकृष्ण व्यञ्जनकारले नेकपा एमाले सरकार बाहिर रहदा सदन, न्यायालय सूचारु रुपमा चल्न नसकेको कारण देश अपाङ्ग जस्तै भएको बताए ।