neapl investment mega bank
  • गृहपृष्ठ
  • १६ जिल्ला बाहेकका जिल्लामा एमालेको अधिवेशन हुँदै, एक्सन रूमबाट भर्चुअल उद्घाटन

१६ जिल्ला बाहेकका जिल्लामा एमालेको अधिवेशन हुँदै, एक्सन रूमबाट भर्चुअल उद्घाटन

Jan 7th, 2022

आधारभूमि संवाददाता

काठमाडौँ २३ पुस

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले आज देशभर जिल्ला अधिवेशन गर्दैछ । एमाललेले हिमाली जिल्ला र आन्तरिक विवादमा परेका १६ जिल्ला बाहेक अरु जिल्लामा एकसाथ अधिवेशन गर्न लागेको हो ।

एमालेका अध्यक्ष केपी ओलीले बिहान ११ बजे जिल्ला अधिवेशनलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्नेछन् । केन्द्रीय कार्यालयको एक्सन रूमबाट एकैसाथ भर्चुअल उद्घाटन र सम्बोधन गर्ने कार्यक्रम रहेको केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिएका छन् ।

एमालेको १०औं महाधिवेशन गत मंसिरमै सकिए पनि जिल्ला अधिवेशन एकसाथ उद्घाटन हुन लागेको हो । प्रतिकूल मौसमका कारण केही हिमाली जिल्ला र तयारी नपुगेका बाहेकका जिल्लामा अधिवेशनको अर्को मिति तय हुनेछ ।

जिल्ला तहमा पनि सकेसम्म सर्वसम्मत नेतृत्व चयनका लागि पहल गर्न केन्द्रले निर्देशन दिएको छ । जिल्ला तथा प्रदेश अधिवेशनका लागि दशौं राष्ट्रिय महाधिवेशनको लागि निर्धारण गरिएका पार्टी सदस्यलाई नै आधार बनाउन एमालेले सर्कुलर जारी गरेको छ ।

जिल्ला अधिवेशन सकिए लगत्तै प्रदेश सम्पर्क कमिटी र प्रदेश संगठन कमिटीको अधिवेशनको तयारी थाल्ने एमालेले जनाएको छ । एमालेको प्रदेश अधिवेशन भने माघ ८ गतेका लागि तोकिएको छ ।

एमालेले जिल्ला अधिवेशनका लागि सम्बन्धित कमिटीलाई परिचालन गरेको छ । ती जिल्लाबाट केन्द्रीय नेतृत्वमा पुगेका नेता तथा तोकिएका जिल्ला इञ्चार्जहरू जिल्ला जिल्लमा केही दिनदेखि नै खटिएका छन् ।