neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

रोमामाथि मिलानको जित

Jan 7th, 2022

आधारभूमि संवाददाता

काठमाडौं,पुष २३
इटालियन सिरि ए फुटबलमा एसी मिलानले सहज जित निकालेको छ। घरेलु मैदानमा बिहीबार राति भएको खेलमा मिलानले नौ खेलाडीमा सिमित रोमालाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

मिलानलाई जित दिलाउन ओलिभियर जिराउड ,जुनियर मेसियस र राफेल लियोले एक-एक गोल गरे ।रोमाका टमी अब्राहमले एक गोल फर्काए ।

खेलको आठौं मिनेटमा ओलिभियर जिराउडले गोल गर्दै मिलानलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको १७ औं मिनेटमा जुनियर मेसियसले गोल गर्दै मिलानको अग्रता दोब्बर पारे ।

खेलको ४० औँ मिनेटमा रोमाका टमी अब्राहमले गोल गर्दै २-१ को स्थितिमा ल्याए ।

दोस्रो हाफको ७४ औँ मिनेटमा रोमा १० खेलाडीमा समेटिएको थियो ।रोमाका रिक कार्सडोर्पले रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए ।

खेलको ८१ औँ मिनेटमा मिलानका राफेल लियोले गोल गर्दै टोलीलाई ३-१ ले अघि बढाए।

इन्जुरी समयको तेस्रो मिनेटमा रोमा नौ खेलाडीमा समेटिएको थियो ।रोमाका जियानलुका म्यानसिनीले रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए ।

त्यसपछि बाकी समयमा कुनै गोल हुन सकेन र एसी मिलानले जित निकालेको हो ।

जितसँगै मिलानले २० खेलबाट ४५ अंक जोडेको छ र तालिकाको दोस्रो स्थानमा छ । पराजित रोमाको २० खेलबाट ३२ अंक छ र सातौं स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi