neapl investment mega bank
  • गृहपृष्ठ
  • महालक्ष्मी विकास बैंक र इजिलिंङ्क रेमिट्यान्सबिच समझदारी पत्रमा हस्ताक्षर

महालक्ष्मी विकास बैंक र इजिलिंङ्क रेमिट्यान्सबिच समझदारी पत्रमा हस्ताक्षर

Jan 6th, 2022

काठमाडौ, पुस २२
ग्राहकहरुलाई सरल, सहज र गुणस्तरीय सेवा प्रदान गर्दै आईरहेको महालक्ष्मी विकास बैंकले ग्राहकहरुलाई रेमिटेन्स सम्बन्धि थप सुविधा प्रदान गर्ने उद्देश्यले इजिलिंङ्क रेमिट्यान्स प्रा. लि. सँग सम्झौता गरेको छ । बैंकको प्रधान कार्यालय दरबारमार्गमा आयोजित एक विशेष कार्यक्रमकाबिच उक्त सम्झौतापत्रमा बैंककातर्फबाट प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटा र ईजिलिंङ्क रेमिटेन्स प्रा. लि. का तर्फबाट प्रमुख कार्यकारी अधिकृत डोल प्रसाद अर्यालले हस्ताक्षर गरेका हुुन ।

यो सम्झौता पश्चात ग्राहकहरुले विश्वका विभिन्न स्थानहरुबाट नेपालभित्र बैंकिङ्ग च्यानलमार्फत आएको रकम तथा नेपाल भित्रका विभिन्न स्थानहरुमा रकमान्तरका लागि देशैभर छरिएर रहेका महालक्ष्मी विकास बैंकका १०३ वटा शाखाहरु मार्फत सेवा प्राप्त गर्न सक्नेछन । अब महालक्ष्मी विकास बैंकका ग्राहकहरुले संसारको कुनै पनि स्थानबाट इजिलिङ्क रेमिट्यान्समार्फत सोझै खातामा रकम जम्मा गर्न सक्नेछन् । बैकले हालसम्म २६ वटा रेमिट कम्पनीहरुसँग सम्झौता गरी ग्राहकहरुलाई रेमिटान्स सुविधा प्रदान गर्दै आईरहेको छ । यसका साथसाथै रेमिटेन्सबाट आएको रकमलाई थप एक प्रतिशत ब्याज प्रदान गर्ने विशेषता सहितको मुद्दति योजना संचालनमा ल्याएको छ । हाल यस योजना अन्तर्गत ११ दसमलव २५ प्रतिशत वार्षिक व्याज प्राप्त गर्न सकिने कुरा बैंकले जनाएको छ ।

बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु मार्फत करिब ६ लाख ग्राहकहरुलाई उच्चस्तरीय वित्तीय सेवाहरु सरलीकृत तवरले प्रदान गर्दै आइरहेको छ । बैंकले ग्राहकहरुको वैदेशिक यात्राको क्रममा कारोबार थप सुरक्षित, सहज र भरपर्दो होस भन्ने उद्देश्यले भिसा इएमभी चीप बेस ट्राभल कार्ड, इ कर्मस कार्ड र डलर कार्ड जारी गरिसकेको छ । समग्रमा भिसा इएमभी चीप बेस ट्राभल कार्ड, इ कर्मस कार्ड र डलर कार्ड जारी गर्ने अग्रणी तथा एक मात्र विकास बैंक : महालक्ष्मी विकास बैंक रहेको छ ।