neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • वर्षेनि आउने समस्या देखाएर पन्छिने होइन, विकास अघि बढाउ : प्रधानमन्त्री देउवा

वर्षेनि आउने समस्या देखाएर पन्छिने होइन, विकास अघि बढाउ : प्रधानमन्त्री देउवा

Jan 6th, 2022

आधारभूमि संवाददाता

काठमाडौं, पुष २२

प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थतन्त्रमा देखिएका समस्या अहिले मात्रै देखिएका नभई मुलुकले वर्षेनि यस्तै समस्या भोगेकाले तिब्र रुपमा बिकासका काम अघि बढाउन निर्देशन दिएका छन् । जनताको अपेक्षा र आवश्यकता पुरा गर्ने गरि काम गर्न समेत उनले निर्देशन दिएका छन् ।

बुधबार प्रधानमन्त्री कार्यालयमा आयोजित एक कार्यक्रममा अर्थमन्त्रालयले तरलता अभाव ,ब्यापार घाटा, पुँजीगत खर्चका बारेमा प्रधानन्त्रीलाई जानकारी गराएको थियो । साथै तरलता अभाव हटाउन, ब्यापार घाटा कम गर्न र पुँजीगत खर्च बढाउन गरेका प्रयासका बारेमा पनि जानकारी दिएको थियो । तर, यसो भनेर छुट नमिल्ने भन्दै प्रधानमन्त्रीले बिकास खर्च तिब्र रुपमा बढाउन निर्देशन दिएका छन् ।

सरकारले बिकास निर्माणका काम अघि बढाउन नसक्दा पुँजीगत खर्च हुन सकेको छैन । जसको सिधा असर बैंकहरुको निक्षेपमा परेको छ । लगानीयोग्य रकमको अभावमा उद्योगी तथा व्यवसायीले ऋण पाउन सकेका छैनन् । जसको असर मुलुकको आर्थिक बृद्धिमा पर्ने देखिएको छ । जसका कारण प्रधानमन्त्रीले समेत यसमा चासो बढाएका हुन् ।

कात्तिक महिनासम्ममा विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ७.५ प्रतिशत र अमेरिकी डलरमा ७.८ प्रतिशतले घटेको छ । त्यस्तै शोधनान्तर स्थिति १ खर्ब ५० अर्ब ३८ करोडले घाटामा छ ।

कुल विदेशी विनिमय सञ्चिति १० अर्ब ४७ करोड अमेरिकी डलर रहेको छ । संघीय सरकारको खर्च २ खर्ब ८७ अर्ब ५४ करोड र राजस्व परिचालन ३ खर्ब ३४ अर्ब ३१ करोड छ । बिकास खर्च ज्यादै
न्युन मात्रै खर्च भएको छ।

कात्तिक महिनामा विप्रेषण आप्रवाह ७.५ प्रतिशतले कमी आई ३१२ अर्ब ४२ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ११.२ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७.८ प्रतिशतले कमी आई २ अर्ब ६३ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ६.४ प्रतिशतले बढेको थियो ।

तर यहि समयमा बैदेशिक रोजगारिमा जानेहरु भने बढेका छन् । वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भई ९६ हजार ३८२ पुगेको छ । जबकी अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ९५.७ प्रतिशतले घटेको थियो ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi