आधारभूमि संवाददाता
काठमाडौँ,२२ पुस
काराबाओ कप फुटबलको सेमिफाइनलको पहिलो लेगमा चेल्सीले सहज जित निकालेको छ । बुधबार राति भएको खेलमा चेल्सीले टोटेनहमलाई २-० गोलले पराजित गरेको हो ।
घरेलु मैदानमा चेल्सीलाई जित दिलाउन काई हार्ट्जले एक गोल गरे।चेल्सीले एक गोल आत्मघाती उपहार पाएको हो ।
खेलको पाँचौं मिनेटमा काई हार्ट्जलेले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए।
त्यसपछि खेलको ३४ औं मिनेटमा टोटेनहमका बेन डेभिसले आत्मघाती गोल गरे पछि चेल्सी २-० ले अघि बढ्यो।
त्यसपछि बाकी समयमा कुनै गोल हुन सकेन र चेल्सीले जित निकालेको हो ।
जितसंगै चेल्सीको फाइनलमा पुग्ने सम्भावना बलियो छ ।