आधारभूमि संवाददाता
काठमाडौँ २१ पुस
ललितपुरको तुल्सीलाल स्मृति भवनमा नेकपा एमाले ललितपुरको आठौं जिल्ला आयोजक कमिटीको पुर्ण बैठक सम्पन्न भएको छ । बैठक नेकपा एमाले ललितपुर जिल्ला इन्चार्ज तथा पोलिट ब्युरो सदस्य शुशिला नेपालले प्रत्येक जिल्ला कमिटी सदस्यहरु इमान्दार बनी जनता समक्ष जानु पर्नेमा जोड दिदै आगामी पौष २३ गते हुने जिल्ला अधिवेशन सर्वसम्मतीमा हुनेमा आफु विश्वस्त रहेको जिकिर गरिन् ।
अतिथिहरु प्रतिनिधि सभा सदस्य ललितपुर क्षेत्र नं. १ का नवराज शिल्वाल, नेकपा केन्द्रिय सदस्य हरिकृष्ण व्यञ्जनकार, नेकपा एमाले ललितपुर जिल्ला कमिटी सचिव पुरुषोत्तम आचार्य लगायत जिल्ला कमिटी सदस्यहरुको बाक्लो उपस्थितिमा बैठक सम्पन्न भएको थियो ।