neapl investment mega bank
  • गृहपृष्ठ
  • अब राष्ट्रिय वाणिज्य बैंकको मोबाइल बैंकिंगबाट ‘खल्ती डिजिटल वालेट’ मा पैसा राख्न सकिने

अब राष्ट्रिय वाणिज्य बैंकको मोबाइल बैंकिंगबाट ‘खल्ती डिजिटल वालेट’ मा पैसा राख्न सकिने

Jan 5th, 2022

काठमाडौ, पुुस २१
नेपालको प्रचलित अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी ‘खल्ती’ ले राष्ट्रिय वाणिज्य बैंकसँग सम्झौता गरेको छ । यस सम्झौताले राष्ट्रिय वाणिज्य बैंकका प्रयोगकर्ताहरूलाई मोबाइल बैंकिङ एपमार्फत् खल्तीमा पैसामा राख्न गर्न सम्भव बनाएको छ ।

यो साझेदारी सँगै राष्ट्रिय वाणिज्य बैंकका ग्राहकहरूले अब खल्ती वालेटमा बिना झन्झट ‘खल्ती’ वालेट मा पैसा राखी सबै प्रकारको भुक्तानी गर्न सक्ने भएकाछन् । उक्त सम्झौता सम्बन्धि खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्का भन्छन, “राष्ट्रिय वाणिज्य बैंकसँगको साझेदारीले निश्चित रूपमा बैंक र खल्तीका लाखौं ग्राहकहरूले भुक्तानी, वित्तीय सेवाहरू र गतिशीलताको आनन्द लिन सक्नेछन् र हामी यस साझेदारी साँच्चै उत्साहित छौ । यो पार्टनरसिपले समस्त बैंक तथा वालेटको ग्राहकवर्गमा सरल र सहज भुक्तानीको सेवा दिई डिजिटल नेपालका लागि अर्को एउटा कोसेढुंगा सावित हुनेछ भन्ने विश्वास हामीले लिएका छौँ ।”

‘खल्ती’, नेपाली फिनटेक उद्योगमा एक फरक एवम् नविन पहिचान बोकेको ब्रान्ड हो । २० लाख भन्दा बढि प्रत्यक्ष र लाखौँ अप्रत्यक्ष प्रयोगकर्ताहरुको विश्वास बोकेको खल्ती डिजिटल वालेटले बिल भुक्तानी जस्तै मोबाइल र टिभी रिचार्ज, फ्लाईट तथा मुभी टिकट बुकिङ्ग, बिमा प्रिमियम तथा अनलाईन सपिङ्ग साईटमा भुक्तानी गरि ६० हजार भन्दा बढी सेवाहरुको डिजिटल भुक्तानी तथा रकम आदान प्रदानको सेवा दिँदै आएको छ । यसका साथै विभिन्न क्यास ब्याक तथा छुट प्रदान गरि प्रयोगकर्ताहरुलाई समयको साथै पैसाको बचतमा पनि ‘खल्ति’ ले योगदान दिँदै आएको छ ।