neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • फेरि वर्षा र हिमपात गराउने मौसम प्रणाली भित्रदै, शनिबारसम्म कष्टकर बन्नेछ जनजीवन

फेरि वर्षा र हिमपात गराउने मौसम प्रणाली भित्रदै, शनिबारसम्म कष्टकर बन्नेछ जनजीवन

Jan 4th, 2022

आधारभूमि संवाददाता

काठमाडौ २० पुस

आज पश्चिम नेपालबाट पश्चिमी न्यून चापीय प्रणाली प्रवेश गर्न लागेको छ । जसले फेरि हिमपात र वर्षा गराउने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज मंगलबार दिउँसो जारी गरेको विशेष बुलेटिनअनुसार यसको प्रभावले बुधबारदेखि शनिबारसम्म सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशमा सामान्यदेखि पूर्णतया बदली तथा प्रदेश १ र प्रदेश २ मा आंशिकदेखि सामान्यसम्म मौसम बदली हुनेछ।

यसअघि पनि यस्तै प्रणाालीका कारण देशभर लगातार वर्षा र हिमपात हुँदा राजमार्ग अवरुद्धलगायत समस्या हुनाका साथै जनजीवन निकै कष्टकर भएको थियो।

महाशाखाले शनिबारसम्ममा योप्रणाली देशभर फैलिएर विशेषगरी सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म हिमपात हुने पूर्वानुमान गरेको छ। साथै बागमती र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भेगका पनि केही स्थानमा हल्का हिमपात हुने सम्भावना रहेको जनाएको छ।

महाशाखाका अनुसार यस क्रममा सुदूपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशका पहाडी तथा तराई भेगका केही र प्रदेश १ र २ का एक दुई स्थानमा हल्का वर्षासमेत हुने सम्भावना छ।यसैले होसियारी अपनाउन मौसम पूर्वानुमान महाशाखाले आम नागरिकलाई अनुरोध पनि गरेको छ।

आइतबारबाट मात्र यो मौसम प्रणाली कमजोर हुँदै मौसममा क्रमशः सुधार हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। मौसम पूर्वानुमान महाशाखाले माथि उल्लिखित प्रणालीलाई निरन्तर अनुगमन गरिरहेको र आवश्यकताअनुसार थप बुलेटिन जारी गर्ने पनि जानरकारी दिइएको छ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi