neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • सरकार शासक होइन सेवक हो : मन्त्री कार्की

सरकार शासक होइन सेवक हो : मन्त्री कार्की

Jan 4th, 2022

विराटनगर, २० पुस /रासस

आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले सरकार शासक होइन जनताका सेवक भएर काम गर्नुपर्ने बताउनुभएको छ । मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले जनतामा निराश बढ्न नदिन सरकारले आफ्नो दायित्व पारदर्शी ढङ्गले पूरा गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले आफू मन्त्रालय सम्हालेको आज ६४औँ दिनभएको बताउँदै ओमिक्रोन भाइरसबाट आम नागरिकलाई बचाउन सरकार चनाखो छ भत्रुभयो । मन्त्री कार्कीले झापाको मेचीनगर नगरपालिकामा एक हजार शय्याको होल्डिङ सेन्टर छिट्टै सञ्चालनमा आउने जानकारी दिँदै प्रदेशको १४ वटै जिल्लाका सुरक्षा निकायसँग समन्वय गरेर शान्तिसुरक्षाको अवस्थालाई बलियो बनाउनेमा जोड दिनुभयो ।

उहाँले आपराधिक घटनामा संलग्नलाई कानुनको दायराभित्र ल्याउने भन्दै निर्वाचनलाई लक्षित गरी अराजक गतिविधि गर्ने समूहको गतिविधिलाई निस्तेज पार्ने बताउनुभयो । उहाँले प्रदेशको १३७ वटै पालिकामा स्वयम्सेवक समूह गठन गर्ने र यो समूहले विपद् व्यवस्थापन एवं लागूऔषधविरुद्ध अभियान पनि सञ्चालन गर्ने भन्दै विपद् व्यवस्थापनमा जनतालाई पनि जिम्मेवार बनाउने कार्यक्रम सञ्चालन गर्ने जानकारी दिनुभयो । मन्त्री कार्कीले प्रदेशका सबै कारागारको व्यवस्थापनमा सुधार ल्याउने र निर्माण भएको कानुनलाई अध्ययन गरी संशोधन गर्नुपर्ने भएमा संशोधन गर्ने भन्दै प्रदेशका कानुन अदालत र वारसम्म पु¥याउनु आवश्यकता देखिएको धारणा राख्नुभयो ।

उहाँले न्यायमा पहुँच नपुगेका नागरिकलाई सहायता गर्न प्रत्येक जिल्लामा सहायता कक्ष स्थापना गर्ने भन्दै सडक दुर्घटना कम गराउन सडक सुरक्षामा सरकार विशेष ध्यान दिने भत्रुभयो । उहाँले ट्राफिक सप्ताह होइन, ट्राफिक सदा नारा आवश्यक छ भन्दै उहाँले भत्रुभयो, “हाम्रो अभियान स्वभिमानी प्रदेश निर्माण ।”

मन्त्री कार्कीले प्रदेशबाटै राजपत्र छाप्न मेशिन खरिद गर्ने प्रक्रिया अघि बढिसकेको छ भन्दै प्रदेशको प्रत्येक पालिकामा सरकारले एक हेलिप्याड बनाउने र कम्तीमा एउटा हेलिकप्टर सरकारसँग हुनुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले यस क्षेत्रमा हुने कुनै प्राकृतिक विपद्मा परेका जनतालाई उद्धार गर्न केन्द्रसँग समन्वय गर्दा ढिलो हुने भएकाले प्रदेशमा हेलिकप्टरको आवश्यकता छ भत्रुभयो ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi