neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • सुनको मूल्यमा गिरावट, कतिमा हुदैछ कारोबार ?

सुनको मूल्यमा गिरावट, कतिमा हुदैछ कारोबार ?

Jan 4th, 2022

आधारभूमि संवाददाता

काठमाडौ २० पुस

मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ९०० रुपैयाँ र चाँदी प्रतितोला १५ रुपैयाँले घटेको हो ।

घटेपनि आज छापावाला सुन प्रतितोला ९२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदी एक हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ ।

गत सोमबार सुन प्रतितोला ९३ हजार १०० रुपैयाँ र चाँदी एक हजार २६५ रुपैयाँमा कारोबार भएको थियो । यस्तै, यता तेजाबी सुनको मूल्य समेत आज तोलामा ९०० रुपैयाँले नै घट्दै ९१ हजार ७०० रुपैयाँमा झरेको महासंघले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi