neapl investment mega bank
  • गृहपृष्ठ
  • भगवती हाईड्रो पावर र सिद्धार्थ क्यापिटलबिच सम्झौता

भगवती हाईड्रो पावर र सिद्धार्थ क्यापिटलबिच सम्झौता

Jan 3rd, 2022

काठमाडौ, पुस १९
भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड र सिद्धार्थ क्यापिटलबिच सम्झौता भएको छ । कम्पनीले सर्वसाधारणमा प्रतिकित्ता अंकित मुल्य एक सय दरको १४ लाख ३० हजार एक सय ६२ कित्ता साधारण शेयरको सार्वजनिक निष्काशन गर्नको लागि सिद्धार्थ क्यापिटललाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।

सो सम्बन्धमा कम्पनी र क्यापिटलबिच शेयर निष्काशन सम्बन्धी सम्झौता सम्पन्न भएको हो । यही पुस १६ गते भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड, सुविधानगर, तीनकुने, काठमाडौंमा आयोजित कार्यक्रममा भगवति हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडका तर्फबाट कार्यकारी अध्यक्ष हरि प्रसाद पाण्डे र सिद्धाथ क्यापिटलका तर्फबाट चन्दन कार्कीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुुन ।