काठमाडौ, पुस १८
नेपाल राष्ट्र बैकले भोलि सोमबार नौ अर्ब १० करोड रुपैयाँको ट्रेजरि जारी मिति पुस २० गते तोकिएको ट्रेजरि खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन सक्नेछन भने बिक्री गरिने उक्त ट्रेजरि मध्ये ९१ दिने अवधिको रहेको छ ।
ट्रेजरिको परिपक्व हुने अवधि भने २०७८ चैत २२ गते तोकिएको छ । यसअघि यही पुस १२ गते पनि राष्ट्र बैकले २१ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरि बिल जारी गरेको राष्ट्र बैकले जनाएको छ ।