neapl investment mega bank
  • गृहपृष्ठ
  • कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सोमबार बस्ने

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सोमबार बस्ने

Jan 2nd, 2022

आधारभूमि संवाददाता

काठमाडौ ,१८ पुस

नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । सोमबार दिउँसो २ बजे बस्ने गरी कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको हो।

कांग्रेस केन्द्रीय कार्यालयद्वारा जारी प्रेस विज्ञप्तिमा बैठक २०७८ पुस १९ गते सोमवार दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, ललितपुरमा बस्ने जनाइएको छ ।

१४ औँ महाधिवेशनबाट नयाँ कार्यसमिति चयन भएपछि सोमबार बस्न लागेको बैठक दोस्रो हो। यसअघि पुस १० गत पहिलो बैठक बसेको थियो।