neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

शीर्ष स्थानको सिटीलाई ११ अंकको अग्रता

Jan 2nd, 2022

आधारभूमि संवाददाता

काठमाडौं,पुष १८
इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको म्यानचेस्टर सिटीले जित निकालेको छ । शनिबार राति भएको खेलमा सिटीले १० खेलाडीमा सिमित आर्सनललाई २-१ गोलले पराजित गरेको हो ।

आर्सनलको घरेलु मैदानमा म्यानचेस्टर सिटीलाई जित दिलाउन रियाद महरेज र रोड्रीले एक-एक गोल गरे।आर्सनलका बुकायो साकाले एक गोल गरे।

खेलमा पहिलो अग्रता आर्सनलले लिएको थियो ।खेलको ३१ औं मिनेटमा बुकायो साकाले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए।

दोस्रो हाफको ५७ औं मिनेटमा म्यानचेस्टर सिटीको लागि रियाद महरेजले पेनाल्टीमा गोल गर्दै खेल बराबरीमा फर्काए ।

खेलको ५९ औं मिनेटमा आर्सनल १० खेलाडीमा समेटिएको थियो । आर्सनलका गाब्रियलले रातो कार्ड पाउँदै मैदान छाड्न परेको थियो।जसको फाइदा म्यानचेस्टर सिटीले इन्जुरी समयमा उठाउन सफल भयो।

इन्जुरी समयको तेस्रो मिनेटमा रोड्रीले गोल गर्दै टोलीलाई २-१ को जित दिलाए ।

जितसँगै म्यानचेस्टर सिटीले २१ खेलबाट ५३ अंक जोडेको छ र शीर्ष स्थानमा ११ अंकको अग्रता बनाएको छ ।पराजित आर्सनलको २० खेलबाट ३५ अंक छ र पाँचौं स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi