neapl investment mega bank
  • गृहपृष्ठ
  • एमालेको ललितपुर जिल्ला अधिवेशन पुस २३ गते

एमालेको ललितपुर जिल्ला अधिवेशन पुस २३ गते

Dec 31st, 2021

ललितपुर १६ पुस

आधारभूमि संवाददाता

नेपाल कम्युनिष्ट पार्टी एमालेले पुस २३ गते देशभर जिल्ला अधिवेशन गर्दैछ।

गत मङ्सिरमा चितवनमा सम्पन्न पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रिय कमिटिको मङ्सिर २५ र २६ मा भक्तपुरमा सम्पन्न पहिलो बैठकले पुस २३ मा देशभर जिल्ला अधिवेशन गर्ने निर्णय गरेको थियो र साथै माघ ८ मा प्रदेश अधिवेशन गर्ने निर्णय गरेको थियो।

पार्टी जिल्ला कमिटीले पाटन दरबार स्क्वायर परिसर मङ्गलबजारमा उद्घाटन र २४ गते सातदोबाटोस्थित ललितपुर पार्टी प्यालेसमा बन्दसत्र गर्ने निर्णय गरेको छ। अधिवेशनमा जिल्लाभरबाट कुल ५८० प्रतिनिधि सहभागी हुने वताइएको छ ।

अधिवेशनको संयोजक जिल्ला अध्यक्ष तथा केन्द्रिय सदस्य हरिकृष्ण व्यंजनकारलाई तोकिएको छ भने अधिवेशन सञ्चालन समिति सदस्यमा प्रेमभक्त महर्जन, पुरुषोत्तम आचार्य,तारा संजेल, कृष्णप्रसाद सापकोटा,चन्द्रावती विशुंखे, गम्बीर राणा,नवराज घिमिरे,ब्रह्मानन्द श्रेष्ठ,केशव आचार्य, कुमार न्यौपाने,रमेशचन्द्र घिमिरे,श्याम व्यंजनकार,रामकुमार सिंतान र नवराज राई सदस्य रहेका छन्।

यसैगरी अधिवेशनको तयारीका लागि जिल्ला कमिटीले अन्य विभिन्न उपसमितिहरु गठन गरेको छ जसअनुसार हरिकृष्ण व्यंजनकारको संयोजकत्त्वमा राजनीतिक तथा सांगठनिक प्रतिवेदन तयारी उपसमिति,पुरुषोत्तम आचार्यको संयोजकत्त्वमा प्रतिनिधि व्यवस्थापन उपसमिति,प्रेमभक्त महर्जनको संयोजकत्त्वमा जनपरिचालन उपसमिति,तारा संजेलको संयोजकत्त्वमा अतिथि सत्कार उपसमिति,गम्बीर राणाको संयोजकत्त्वमा मन्च तथा हल व्यवस्थापन उपसमिति ,नवराज घिमिरेको संयोजकत्त्वमा यातायात व्यवस्थापन उपसमिति,ब्रह्मानन्द श्रेष्ठको संयोजकत्त्वमा खाद्य व्यवस्थापन उपसमिति,केशव आचार्यको संयोजकत्त्वमा आर्थिक उपसमिति,कुमार न्यौपानेको संयोजकत्त्वमा स्वास्थ्य उपसमिति,रमेशचन्द्र घिमिरेको संयोजकत्त्वमा प्रचार प्रसार उपसमिति, श्याम ब्यन्जनकारको संयोजकत्त्वमा सुरक्षा तथा स्वयंसेवक उपसमिति,नुराज राईको संयोजकत्त्वमा झाँकी तथा सांस्कृतिक कार्यक्रम उपसमिति रहेका छन्।