neapl investment mega bank
  • गृहपृष्ठ
  • शुक्रबार थप २३५ जनामा कोरोना सङ्क्रमण, २१२ जना डिस्चार्ज,चार को मृत्यु

शुक्रबार थप २३५ जनामा कोरोना सङ्क्रमण, २१२ जना डिस्चार्ज,चार को मृत्यु

Dec 31st, 2021

आधारभूमि संवाददाता

काठमाडौ, १६ पुस

शुक्रबार थप २३५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा नौ हजार ८४ जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यो सँगै हालसम्म सङ्क्रमितको सङ्ख्या आठ लाख २८ हजार ४३१ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट नौ हजार ८४ जनाको परीक्षण भएको छ । हालसम्म ४८ लाख ५९ हजार ३५५ जनाको पीसीआर परीक्षण गरिएको छ।

थप २१२ जना डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टामा २१२ जनाले कोरोना जितेका छन् ।

यो सँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या आठ लाख ११ हजार ९५८ पुगेको छ ।

थप चार को मृत्यु

पछिल्लो २४ घण्टामा चार जनाको मृत्यु भएको छ। यो सँगै हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ५९४ पुगेको छ।