neapl investment mega bank
  • गृहपृष्ठ
  • देशभर दुइ प्रकारको वायू , कस्तो रहला मौसममा असर ?

देशभर दुइ प्रकारको वायू , कस्तो रहला मौसममा असर ?

Dec 31st, 2021


आधारभूमि संवाददाता

काठमाडौँ १६ पुस

हाल देशभर आंशिक बदली रहेको छ। धेरै स्थानहरूमा हुस्सुकुहिरो लागेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशमा पश्चिमी न्यून चापिय प्रणाली र भारतको उत्तर प्रदेशको पूर्वी भूभाग र बिहार आसपासमा रहेको न्यून चापिय क्षेत्रको सामान्य प्रभाव रहेको हो।

जसका कारण आगामी तीन दिनको मौसम यस्तो रहने विभागको पूर्वानुमान छ ।

आज दिउँसो देशभर आंशिक बदली रहनेछ। गण्डकी प्रदेश र प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भूभागहरुका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

राती प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली रहनेछ। प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक वा दूई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

भोलि दिउँसो र राती देशभर आंशिक बदली रहनेछ। गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदूई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

त्यस्तै पर्सी दिउँसो र राती देशभर आंशिक बदली रहनेछ

गण्डकी प्रदेश र प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भूभागहरुका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको कारण चिसो बाट बच्न आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।