neapl investment mega bank
  • गृहपृष्ठ
  • महाधिवेशनको बन्द सत्रमा समूहगत छलफलको प्रस्तुति जारी, अब ५ समूह बाँकी

महाधिवेशनको बन्द सत्रमा समूहगत छलफलको प्रस्तुति जारी, अब ५ समूह बाँकी

Dec 30th, 2021

काठमाडौ, पुस १५
नेकपा (माओवादी केन्द्र) को आठौं राष्ट्रिय महाधिवेशनको पाँचौ दिन तथा बन्द सत्रको चौथो दिनको कार्यक्रम बिहीबार बिहानबाट सुरु भएको छ । बन्द सत्र विहान ११ बजेबाट सुरु भएको हो । अध्यक्ष मण्डलका अध्यक्ष क. कृष्णबहादुर महराको निर्देशनमा अध्यक्ष मण्डलका सदस्य क. पूर्णाकुमारी सुवेदीले बन्द सत्र सञ्चालन गरिरहेकाछन ।

महाधिवेशनमा पार्टी अध्यक्ष क. प्रचण्डबाट प्रस्तुत वैचारिक तथा राजनीतिक दस्तावेज र विधान मस्यौदामाथि समूहगत छलफलको निष्कर्षहरु प्रस्तुत गर्ने कार्यक्रम अन्तर्गत अहिलेसम्म पाँचवटा समूहका प्रमुखहरुले प्रस्तुति राखेकाछन ।

आजको बन्द सत्रमा सबैभन्दा पहिले सम्पर्क मञ्च प्रदेश कमिटीको तर्फबाट क. कृष्ण अधिकारीले समूहको प्रस्तुति राखे । सल्लाहकारहरुको समूह क को तर्फबाट क. चित्रबहादुर श्रेष्ठ, समूह १३ कर्णाली प्रदेशको तर्फबाट गोपाल शर्मा, उपत्यका विशेष प्रदेश समूहको तर्फबाट समूह प्रमुख क. जगत सिंखडा र समूह १६ सुदूरपश्चिम प्रदेशको तर्फबाट समूह प्रमुख मानबहादुर धामीले आफ्नो समूहको प्रस्तुति राखेकाछन । यसैगरी समूह नं. २२ बागमती प्रदेशको तर्फबाट इन्द्रबहादुर थिंग छिन्तांग, समूह नं. ११ गण्डकी प्रदेशको तर्फबाट देबेन्द्र पराजुली, ज्येष्ठ कम्युनिष्ट मञ्चको समूहका तर्फबाट नन्दकुमार प्रसाई र समूह नं. ८ लुम्बिनी प्रदेशको तर्फबाट सुदर्शन बराल मगरले दस्तावेज र विधान मस्यौदामाथिको छलफलको निष्कर्ष प्रस्तुत गरेकाछन ।

महाधिवेशनको बन्द सत्रमा बुधबारबाट समूहगत प्रस्तुति राख्ने कार्यक्रम सुरु भएको थियो। बुधबार साँझसम्म ११ वटा समूहले प्रस्तुति राखेका थिए । दिउँसो २ बजेसम्म ९ वटा समूहले छलफलको निष्कर्ष प्रस्तुत गरिसकेका छन्। अब ५ वटा समूहको प्रस्तुति बाँकी छ ।