आधारभूमि संवाददता
काठमाडौ १५ पुस
नेकपा माओवादी केन्द्रको नेतृत्व चयनका सम्बन्धमा छलफल गर्न स्थायी कमिटीको बैठक बस्दैछ।
माओवादीले महाधिवेशनबाट अध्यक्ष र केन्द्रीय समिति मात्रै चयन गर्ने तयारी गरेको निर्वाचन आयोगले नमान्ने भएपछि सबै पदाधिकारीसहित निर्वाचित गर्नु पर्ने भएको छ।
कारण माओवादीले नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गर्ने तयारी पनि गरेको छ।
माओवादी केन्द्रको आठौँ महाधिवेशनले अध्यक्षमा प्रचण्डलाई नै पुनः चयन गर्ने छ। किनभने अहिलेसम्म अध्यक्षमा कसैले दाबी गरेको छैन ।
पार्टीको महाधिवेशनमा प्रस्तावित विधानले माओवादीमा १५ पदाधिकारी रहने व्यवस्था गरिएको छ। जसमा अध्यक्ष एक, एकजना वरिष्ठसहित सात उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक कोषाध्यक्ष गरी १५ पदाधिकारी रहने विधान प्रस्ताव गरिएको हो।