आधारभूमि संवाददाता
काठमाडौं १५ पुस
नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदनमा फरक मत परेको छ। नेता लेखनाथ न्यौपानेले उनले प्रचण्डको प्रतिवेदनमा ८ बुँदे फरक मत राखेका हुन् ।
न्यौपानको फरक मतमा अध्यक्षको प्रतिवेदन ‘भुईंमा नटेकेर माथि–माथि उडेको’ भन्दै टिप्पणी गरिएको वताइएको छ । पार्टीको आठौँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रको सुरुवातमा प्रचण्डले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
बन्दसत्रमा समूहगत छलफलका क्रममा उनले प्रचण्डको ‘२१ औं शताब्दीमा समाजवादको नेपाली बाटो’ अपूर्ण रहेको भन्दै ८ बुँदे फरक मत राखेका हुन् ।
दस्तावेजमा आधारभूत विषयहरु अपुग रहेको र महाधिवेशनको दस्तावेजले स्वरुप ग्रहण गर्न नसकेको भन्दै उनले फरक मत राखेको बताइएको छ।
प्रचण्डको प्रतिवेदनमा नेता राम कार्कीले यसअघि पूरक प्रस्ताव पेस गरेका थिए । महाधिवेशन काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा जारी छ ।