काठमाडौ, पुस १५
नयाँ वर्ष २०२२ को अवसरमा सानिमा बैंकले आफ्ना ग्राहकहरुको लागि “सानिमा सजिलो इ–बैकिङ नयाँ वर्ष धमाका योजना” सार्वजनिक गरेको छ । यो योजना अन्तर्गत ग्राहकहरुले सानिमा सजिलो इ–बैकिङ मार्फत् कारोबार गरी आकर्षक पुरस्कारहरु जित्न सक्नु हुनेछ । मोबाइल एप निर्माता एफवन सफ्टसँगको सहकार्यमा संचालित यस योजनामा ३ जना भाग्यशाली विजेताले आईफोन १३, २ जना भाग्यशाली जोडीले बाली–इन्डोनेसिया भ्रमण र ५ जना भाग्यशाली जोडीले पोखरा भ्रमण पुरस्कारमा प्राप्त गर्न सक्नुहुनेछ । त्यस्तै, पहिलो पटक कारोबार गर्ने १० जना ग्राहकले प्रत्येक दिन रु १०० क्यास ब्याक पनि प्राप्त गर्न सक्नुहुनेछ । यस योजनामा सहभागी हुनका लागि ग्राहकहरूले सानिमा बैंकको मोबाइल बैकिङ्ग एप सानिमा सजिलो इ–बैकिङ्ग प्रयोग गरी ३ महिनामा कम्तीमा १५ वटा कारोबार गर्नु पर्नेछ ।
यो योजना जनवरी १ देखि मार्च ३१, २०२२ सम्म लागू हुनेछ । सानिमा बैंककोे मोबाइल बैकिङ्ग एप्
प्ले स्टोर वा एप स्टोरबाट डाउनलोड गर्न सकिन्छ । साथै नजिकैको शाखामा सम्पर्क गरी कारोबार सुचारु गर्न सकिनेछ । सानिमा बैंकको देशभर ११९ वटा कार्यालय र ९७ वटा एटिएम संचालनमा रहेका छन् ।