neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

ब्राइटनसँग बराबरीमा रोकियो चेल्सी

Dec 30th, 2021

आधारभूमि संवाददाता

काठमाडौ, पुुस १५
इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी बराबरीमा रोकिएको छ । स्ट्यामफोर्ड ब्रिज स्टेडीएममा बुधबार राति भएको खेलमा सुरुवाती अग्रता जोगाउन नसक्दा चेल्सीले ब्राइटनसँग १–१ गोलको बराबरी खेलको हो ।

घरेलु मैदानमा चेल्सीको लागि रोमेलु लुकाकुले एक गोल गरे भने ब्राइटनको लागि ड्यानी वेलबेकले एक गोल गरे ।

खेलको २८ औँ मिनेटमा रोमेलु लुकाकुले गोल गर्दे टोलीलाई अग्रता दिलाएका थिए।

तर,दोस्रो हाफको इन्जुरी समयको पहिलो मिनेटमा ब्राइटनका ड्यानी वेलबेकले गोल गर्दे खेल बराबरीमा फर्काए र टोलीलाई हारबाट जोगाए ।

बराबरीसँगै चेल्सीको २० खेलबाट ४२ अंक छ र तालिकाको दोस्रो स्थानमा छ । ब्राइटनको १८ खेलबाट २४ अंक छ र १० औं स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi