neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

शीर्ष स्थानको सिटीलाई आठ अंकको अग्रता

Dec 30th, 2021

आधारभूमि संवाददाता

काठमाडौ, पुस १५

इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको म्यानचेस्टर सिटीले जित निकालेको छ । बुधबार राति भएको खेलमा सिटीले ब्रेन्टफोर्डलाई १-० गोलले पराजित गरेको हो ।

ब्रेन्टफोर्डको घरेलु मैदानमा म्यानचेस्टर सिटीलाई जित दिलाउन फिल फोडेनले विजयि गोल गरे।फोडेनले खेलको १६ औं मिनेटमा गोल गरेका हुन्।

जितसँगै म्यानचेस्टर सिटीले २० खेलबाट ५० अंक जोडेको छ र शीर्ष स्थानमा आठ अंकको अग्रता बनाएको छ ।पराजित ब्रेन्टफोर्डको १८ खेलबाट २० अंक छ र १४ औं स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi