neapl investment mega bank
  • गृहपृष्ठ
  • सन नेपाल लाइफको अभिकर्ता सम्मान तथा बिमा जागरण कार्यक्रम सम्पन्न

सन नेपाल लाइफको अभिकर्ता सम्मान तथा बिमा जागरण कार्यक्रम सम्पन्न

Dec 29th, 2021

काठमाडौ, पुस १४
सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सङ्खुवासभाको खाँदबारी, चैनपुर, भोजपुर, तेहथुमको बसन्तपुर तथा धनकुटा कार्यालयहरुमा बीमा जागरण अभियान तथा उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका महाप्रबन्धक कमलराज गौतमको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

कार्यक्रममा बिमाको महत्व र दावी भुक्तानी कसरी गर्ने तथा जनमानसमा बिमाको प्रभाबकारी भुमिकाको सम्बन्धमा बिस्तार पूर्वक अभिकर्ताहरुलाई महाप्रबन्धक गौतमले प्रशिक्षण दिएका थिए । । उक्त कार्यक्रमहरुको संयोजन बिर्तामोड शाखाको शाखा प्रबन्धक तुलसीनाथ पौडेलले गरेका थिए ।

देशैभर उत्कृष्ट शाखा सञ्जालबाट बीमा सेवा प्रदान गर्दे आएको कम्पनीले निकट भविष्यमा नै सर्बसाधारणलाई साधारण शेयर निष्काशन गर्ने प्रस्ताव पारित गरिसकेको छ ।