neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • समाजसेवी थापाको पहलमा बालकोट स्थित बालबिनायक प्राविलाई कम्युटर ,प्रिन्टर र एक वर्ष सम्मको फ्रि ईन्टरनेट जडान

समाजसेवी थापाको पहलमा बालकोट स्थित बालबिनायक प्राविलाई कम्युटर ,प्रिन्टर र एक वर्ष सम्मको फ्रि ईन्टरनेट जडान

Dec 28th, 2021

काठमाडौं, पुष १३
पूर्ब बालअधिकार अधिकृत एवम् सू न पा २ का समाज सेवी सन्तोष थापाको पहलमा सू.न.पा २ बालकोट स्थित बालबिनायक प्राविलाई कम्युटर २ थान, प्रिन्टर १ थान र एक वर्ष सम्मको फ्रि ईन्टरनेट जडान सहित हस्तान्तरण गरियको छ ।

दुर संचार प्राधिकरणको आई सि टि (Information and communication technology) कार्यक्रम अन्तरगत सोमबार प्राधिकरणका उप निर्देशक श्री सुरेश बस्नेतज्यू र सहायक निर्देशक श्री राजेन्द्र थापाज्यूले संयुक्त रुपमा बालबिनायक प्रा वि का प्रधान अध्यापकलाई हस्तान्तरण गरियको हो।

पूर्व बालअधिकार अधिकृत सन्तोष थापाको सामुदायिक बिधालयको स्तर उन्नतिका लागि पहलदायिक कदमको प्रशंसाा गर्दै बिधालयका प्राधान अध्यापकले नेपाल दुरसञ्चार प्राधिकरणलाई धन्यबाद व्यक्त गर्नुभयो। कार्यक्रममा प्राधिकरणका उप निर्देशक सुरेश बस्नेतज्युले सामुदायिक बिधालयको स्तर उन्नति र बिधालयलाई सुचना प्रविधि मैत्री बनाउने उद्देश्य बमोजिम आई सि टि कार्यक्रम अन्तर्गत सहयोग गरेको जानकारी गराउनुभयो। साथै आगामी दिनमा पनि प्राधिकरणको कार्यक्रम अन्तर्गत सहयोगका कुनै कार्यक्रम भएमा बिधालयलाई उपलब्ध गराउने प्रतिबद्धता जाहेर गर्नुभयो। त्यसैगरी बालकोटका समाजसेवी सन्तोष थापाले सू.न.पा २ स्थित श्री महेन्द्र शान्ति मा वि लाई पनि आई टि ल्याव स्थापनाका लागि पहल गरिरहनु भएको र प्राधिकरणलाई समेत जानकारी प्राप्त भएकोमा प्राधिकरणले आगामी आ.ब.मा आवश्यक प्रक्रिया अगाडि बढाउने जानकारी उप निर्देशकले दिनुभयो र आफ्नोतर्फबाट यस कार्यमा पुर्ण सहयोग रहने जानकारी गराउनुभयो।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi