neapl investment mega bank
  • गृहपृष्ठ
  • गरिमा बिकास बैंकद्धारा थप दुई वटा शाखा बिस्तार

गरिमा बिकास बैंकद्धारा थप दुई वटा शाखा बिस्तार

Dec 27th, 2021

काठमाडौ, पुस १२
गरिमा बिकास बैंकले थप दुई वटा शाखा बिस्तार गरेको छ । एक्सीज टु अल भन्ने मुल नारा सहित शाखा तथा सेवा विस्तारलाई प्राथमिकतामा राख्दै अघि बढिरहेको गरिमा विकास बैंकले प्रदेश नं १ अन्तर्गत धनकुटा जिल्लाको सदरमुकाम धनकुटामा धनकुटा शाखा र झापा जिल्लाको सदरमुकाम चन्द्रगढिमा चन्द्रगढि शाखा संचालनमा ल्याएको हो ।

बैंकले हाल नेपालभर एक सय १८ शाखा कार्यालय, एउटा एक्स्टेन्सन काउण्टर र ५१ एटिएमबाट सरल, सुलभ तथा गुणस्तरिय सेवा प्रदान गर्दे आईरहेको छ ।