काठमाडौ, पुस ११
सिद्घार्थ बैंकले आफ्नो १९ औं वार्षिकोत्सवको उपलक्ष्यमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वातावरणलाई सफा राख्न सातै प्रदेशका विभिन्न स्थानहरुमा सरसफाइ कार्यक्रम आयोजना गरेको छ । सरसफाइ कार्यक्रममा बैंकका कर्मचारीहरुका साथसाथै स्थानीयवासीहरुको पनि उल्लेखनीय सहभागितारहेको थियो ।
वातावरणलाई सफा राखी सुन्दरता कायम गर्ने उदे्श्यका साथ देशका सातै प्रदेशका २३ स्थानहरुमा सरसफाइ कार्यक्रम आयोजना गरिएको बैंकले जानकारी दिएको छ । यस अन्र्तगत प्रदेश नं १ को बनसखन्डी मन्दिर विराटनगर, श्री कृष्ण प्रणामी मन्दिर ईटहरी, नमुनामार्ग दमक, मेन चोक, ईलामबजार, सुपारी लाइन देखि हनुमानमन्दिर काकडभिट्टामा सरसफाई कार्यक्रम गरिएको हो । यसैगरी प्रदेश नं २ शिवमन्दिर विरगञ्ज चिनीमिल क्षेत्र र राममन्दिर जनकपुर क्षेत्रमा सरसफाई कार्यक्रम गरिएको हो ।
यसैगरी बाग्मती प्रदेश अन्र्तगत भने काठमाडौको स्वयम्भूनाथ स्तूप, बुढानिलकण्ठ मन्दिर, चाबहिल गणेश मन्दिर र कमलपोखरी क्षेत्रमा सरसफाई कार्यक्रम गरिएको हो । यसैगरी ललितपुरको बंगलामुखी मन्दिर र भक्तपुरको सुर्यविनायक गणेश मन्दिरमा पनि सरसफाई कार्यक्रम गरिएको बैैकले जानकारी दिएको छ । यसैगरी गण्डकी प्रदेश अन्र्तगत मनकामना मन्दिर र लुम्बिनी प्रदेश अन्र्तगत सोमाई माई मन्दिर भैरहवा, कालिकामन्दिर परिसर तुल्सीपुर र बागेश्वरी मन्दिर र हडिंया बाबा आश्रम परिसर नेपालगञ्जमा पनि सरसफाई कार्यक्रम गरिएको बैंकले जनाएको छ । कर्णाली प्रदेश अन्र्तगत भने बिलासपुर मन्दिर परिसर दैलेख, कृष्ण मन्दिर र चन्दननाथमन्दिर परिसर जुम्ला र कालिका मन्दिर परिसर मुसिकोटमा सरसफाई गरिएको छ । सुदूरपश्चिम प्रदेश अन्र्तगत पनि शिवपुरीधाम धनगढी। टिकापुर चोक, उग्रतारा मन्दिर र डढेलधुरामा सरसफाई कार्यक्रम गरिएको बैंकले जानकारी दिएको छ ।
सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले वातावरण, शिक्षा, स्वास्थ्यजस्ता क्षेत्रहरुमा सहभागिता जनाउँदै सकारात्मक परिवर्तनक ालागि योगदान पु¥याउँदै आएको छ । आगामी दिनहरुमा पनि यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिँदै जाने उद्देश्य बैंकले लिएको छ ।