neapl investment mega bank
  • गृहपृष्ठ
  • सिटिजन्स बैंक इन्टरनेसनलद्वारा नगद अमेरिकी डलरको बिक्री सुचारु

सिटिजन्स बैंक इन्टरनेसनलद्वारा नगद अमेरिकी डलरको बिक्री सुचारु

Dec 24th, 2021

काठमाडौ, पुस ९
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकहरुको सुविधाको लागि विदेशबाट अमेरिकी डलर आयात गरी बिक्रीबितरण शुरु गरेको छ । हाल बजारमा भएको अमेरिकी डलरको अभावलाई पूरा गर्न साथै ग्राहकहरुको मागलाई पूरा गर्न सिटिजन्स बैंकलै अमेरिकी डलर आयात गरेको हो ।

विभिन्न प्रयोजनका लागि विदेश जानुपर्र्ने ग्राहकहरुले आवश्यक कागजाजहरु बैंकमा बुझाई आफुलाई आवश्यक पर्ने अमेरिकी डलर सहजरुपमा सटही गर्न सक्ने बैंकले जनाएको छ । यस्तो सटही सुविधा हाल काठमाण्डौ उपत्यकाको दरवारमार्ग, कुमारीपाटी, बौद्ध, कोटेश्वर, कुलेश्वर, ठिमी, कमलादी, न्यूरोड, डिल्लीबजार, नयाँबजार, भंैसेपाटी लगायतका शाखाहरुबाट प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

बैंकले देशैभरि फैलिएका आफ्ना एक सय ७४ वटा शाखा, एक सय २३ वटा एटीएम र ८८ वटा शाखारहित बैंकिङएकाइहरूबाट करिब १२ लाख ८० हजार ग्राहक वर्गलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ । कोरोना भाइरस (कोभिड १९) को महामारीबाट सम्पूर्ण विश्वनै आक्रान्त बनेको अवस्थामा बैंकले नवीनतम प्रविधिको अधिकतम प्रयोग गर्दैसावधानीपूर्वक आफ्ना ग्राहकहरूको वित्तीय आवश्यकताहरू डिजिटल्ली प्रदान गरिरहेको छ । यसलाई मूर्तरूप प्रदान गर्न बैंकले चेकको प्रयोग नगरी आफ्नो मोबाइल बैंकिङ एपमा लग–ईन गरेर काउन्टरमा भएको क्यू आर कोड स्क्यान गरी खाताबाट रकम झिक्न स्क्यान एन्ड वीथ ड्र सेवा, मोबाइल बैंकिङको पिन नं बिर्सेमा बैंकको शाखामा गएर निवेदन दिने झन्झटबाट मुक्तहुन घरबाटै पिन रिसेट गर्न सकिनेजस्ता सेवाहरूको थालनी गरेको छ । साथै कोभिड १९ को त्रास अझै पनि कायम रहेको अवस्थालाई मध्यनजर गर्दे ग्राहकहरूलाई सकेसम्म बैंकमा नआईकनै बंैकिङ सुविधा प्राप्त गर्न सहजहोस् भनी बैंकमा बचत खाता सञ्चालन गर्दे ग्राहकहरूलाई बैंकको मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, सेयर कारोबारको सहजीकरणका लागि डि–म्याट तथा आस्बा सेवा,कार्डलगायतका विद्युतीय भुक्तानीका माध्यमहरूमा पहिलो वर्षको शुल्क मिनाहा हुने व्यवस्था समेत मिलाएको जानकारी दिएको छ । यस प्रकारको सेवाबाट बैंकका ग्राहकहरूले सहज रूपमा सेवा प्राप्त गरी लाभान्वित हुने, डिजिटल बैंकिङ सभ्यताको विकास भई कोभिड रोग नियन्त्रणमा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।