neapl investment mega bank
  • गृहपृष्ठ
  • ग्लोबल आइएमई बैंकको डिजिटल बैंकिङ सम्बन्धी देशव्यापी साक्षरता अभियान, हालसम्म १७५ वटा कार्यक्रम सम्पन्न

ग्लोबल आइएमई बैंकको डिजिटल बैंकिङ सम्बन्धी देशव्यापी साक्षरता अभियान, हालसम्म १७५ वटा कार्यक्रम सम्पन्न

Dec 24th, 2021

काठमाडौ, पुस ९
ग्लोबल आइएमई बैंक लिमिटेडले डिजिटल बैंकिङ्ग सेवाको विस्तार र प्रोत्साहनको लागि देशव्यापी वित्तीय साक्षरता अभियान अन्तर्गत १७५ भन्दा बढी डिजिटल बैंकिङ्ग साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । सातै प्रदेशका गाँउदेखि शहरसम्म डिजिटल बैंकिङ्ग साक्षारता कार्यक्रमहरु आयोजना गर्ने लक्षसहित सुरु भएको अभियानले हालसम्म ७ वटै प्रदेशमा १७५ भन्दा बढी डिजिटल बैंंकिङ्ग साक्षरता कार्यक्रमहरु आयोजना गरिसकेको छ ।

बैंकले प्रदेश १ मा २९ वटा, प्रदेश २ मा १७ वटा, वागमती प्रदेशमा २१ वटा, गण्डकी प्रदेशमा २४ वटा, लुम्बिनी प्रदेशमा ५४ वटा, कर्णाली प्रदेशमा ८ वटा र सुदुरपश्चिम प्रदेशमा २२ वटा कार्यक्रमहरु सञ्चालन गरिसकेको छ । उक्त अभियान आगामी हप्ता कर्णाली र काठमाडौं उपत्यकामा थप कार्यक्रमहरु सञ्चालन गरी समापन गरिनेछ । यस्ता साक्षारता कार्यक्रमहरु आयोजना गरी बैंकले बैंकिङ्ग सेवाकम समयमै छिटो तथा छरितो र घरमै बसेर पनि सेवा लिन पाउने सहजताको लागि यस्ता कार्यक्रमहरु देशव्यापी अभियानकोरुपमा चलाएको हो ।

स्थानीय तह सम्मै डिजिटल वित्तीय चेतना तथा पहुँच पुर्याउने उद्देश्यका साथ यस अभियानका लागि बंैंंकले ७६ जिल्लामा रहेका आफ्ना २८७ शाखा कार्यालय, केन्द्रीय र प्रादेशिक कार्यालयलाई समेत परिचालन गरी ग्राहक तथा स्थानीयवासी लाभान्वित बनाएको छ । आजको समयमा डिजिटल बैंकिङ्ग अपरिहार्य रहेको तथा मूलधारका वित्तीय माध्यमहरुलाई डिजिटल माध्यमले विस्थापित गर्दै जाने हुनाले डिजिटल बैंकिङ्गको प्रयोग र यसका फाइदाहरुको बारेमा सर्वसाधारण समक्ष जानकारी पुर्याउनु जरुरी रहेको बैंकले जनाएको छ ।