काठमाडौं, पुस ९
नेपाल बैंक लिमिटेडले कर्णाली प्रदेशमा डिजिटल बैंकिङ्ग वित्तीय साक्षरता अभियान शुरु गरेको छ । बैकले यही पुस चार गते वीरेन्द्रनगर सुर्खेत स्थित मोडेल कलेज सुर्खेतमा र यही पुस छ गते वीरेन्द«नगर सुर्खेत स्थित सुर्खेत बहुमुखी क्याम्पसमा, सुर्खेतमा र अमरदीप क्याम्पस, सुर्खेतमा डिजिटल बैकिङ्ग वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो ।
नेपाल बैंक लिमिटेड, वीरेन्द«नगर शाखा, मोडेल कलेज, सुर्खेत बहुमुखी क्याम्पस र अमरदिप क्याम्पस सुर्खेतको सहकार्यमा बिधार्थीहरुलाई डिजिटल बैकिङ्ग सम्वन्धि जानकारी गराई डिजिटल बैकिङ्गका प्रविधिहरुमा अभ्यस्त गराउने उद्देश्यले उक्त कार्यक्रम संचालन गरिएको थियो । मोडेल कलेज, सुर्खेतमा क्याम्पस प्रमुख गणेश आचार्य को सभापतित्व, सुर्खेत बहुमुखी क्याम्पस, सुर्खेतमा क्याम्पस प्रमुख श्री माधब प्रसाद खनालको सभापतित्व र अमरदिप क्याम्पस, सुर्खेतमा क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्री बालकृष्ण पौडेलको सभापतित्वमा संचालीत उक्त कार्यक्रमहरुमा नेपाल वैंक लिमिटेड प्रादेशिक कार्यालयका प्रमुख अश्विनकुमार पुडासैनीको प्रमुख आतित्यथा रहेको थियो । त्यसैगरी अतिथिको रुपमा सम्बन्धित क्याम्पसका सह–क्याम्पस प्रमुखहरु, नेपाल बैंक लिमिटेड, विरेन्द्रनगर शाखाका शाखा प्रवन्धक लगायतको उपस्थिति रहेको उक्त कार्यक्रमहरुमा करिब ३०० बिद्यार्थीहरु सहभागि भएका थिए । उक्त कार्यक्रममा डिजिटल वित्तीय साक्षरता सम्बन्धि जानकारी, नेपाल बंैकको विभिन्न सेवा सुविधाहरु, डिजिटल बंैकिङ्ग प्रविधिहरु, बिद्यार्थी लक्षित शुभज्ञान बचत खाता साथै बंैकिङ्गका विविध आयामहरुको बारेमा जानकारी गराईएको थियो । कार्यक्रमका प्रमुख अतिथि अश्विनकुमार पुडासैनीले अबको आवश्यकता भनेकै डिजिटल बैंकिङ्ग रहेको भन्दै हरेक बिधार्थी यस सम्बन्धमा जानकार रहनुपर्ने कुरामा जोड दिएका थिए । नेपाल वैंकले भविष्यमा उद्यमी बन्न चाहने विधार्थीलाइ सहयोग गर्ने भन्दै एक व्यक्ति एक बैंक खाता हुनुपर्ने कुरालाई जोड दिएका थिए । कार्यक्रमका सभापति तथा क्याम्पस प्रमुखहरुले डिजिटल बैकिङ्ग वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेकोमा नेपाल बैंक लिमिटेडलाई धन्यबाद दिंदै यस कार्यक्रमबाट सम्पूर्ण विधार्थीहरुले बढि भन्दा बढि लाभ लिने बिश्वास व्यक्त गरेका थिए ।
त्यसैगरि, नेपाल बैंक लिमिटेड जुम्ला शाखाको पहलमा जुम्ला बहुमुखी क्याम्पस जुम्लामा मिति २०७८/०९/०८ गते वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । अनवरत विश्वासको ८५ औ बर्ष प्रवेश गरेको देशकै पहिलो बैंक नेपाल बैंक लिमिटेड सबै पुस्ताको उत्तिकै रोजाइको बैकको रुपमा रहन सफल भएको छ । बैंकले हाल ७२ जिल्लाका २१३ शाखाहरु, १५० एटिएम र ४७ एक्सटेन्सन काउन्टर मार्फत करिब २० लाख ग्राहकहरुलाई आधुनिक प्रविधियुक्त बंैकिङ्ग सेवा उपलब्ध गराईरहेको छ ।