काठमाडौ, पुुस ८
बज्र एण्ड बज्राचार्य इन्टरप्राइजेज प्रा. लि. (बज्र ग्रुप) ले, ललितपुर स्थित ढोलाहिटीमा सोमानी ब्राण्डका सम्पूर्ण सामाग्रीहरु बिक्री वितरण गर्ने उधेश्यले, “सोमानी ग्रान्ड़े”शोरुम खोलेको छ । सोमानी सेरामिक्सका प्रमुख कार्यकारी अधिकृतअभिषेक सोमानीद्वारा एक समारोहबिच उक्त शोरुमको समुद्घघाटन गरेका हुुन । सोमानी सिरामिक्स भारतको सेरामिक्स उद्योगमा अग्रणीमा पर्दछ । उद्योगमा अग्रगामी र सबैका लागि पछ्याउनको लागि उच्च मापदण्ड तय गर्दै कम्पनीले सोमानी ग्रान्डे आउटलेट लन्च गरेर नेपालमा बज्र एण्ड बज्राचार्य इन्टरप्राइजेज प्रा. लि. (बज्र ग्रुप) मार्फत आफ्नो पद चिन्ह विस्तार गर्दैछ ।
विगत ३० वर्षदेखि, आफ्नो ग्राहकहरुलाई सुपथ मूल्यमा बाथरुमका सामान, टायल्स र सेनिटरी सामानहरु उपलब्ध गराउदै आएको बज्र एण्ड बज्राचार्य इन्टरप्राइजेज प्रा. लि. (बज्रग्रुप) ले “सोमानी ग्रान्ड़े” शोरुम उद्घाटनको अवसरमा सामानको खरिदमा गिफ्ट भौचर राखेको छ । स्थापनाकालदेखि आजको दिनसम्म थुप्रै परियोजनाहरुमा नियमितरुपमा सामाग्रीहरुको बिक्रीवितरण गर्र्दै आएको कम्पनी, ग्राहकहरुको माया र सन्तुष्टिले आज यहाँ सम्म आइपुग्न र नयाँ शोरुमको थालनी गर्न सफल भएको कम्पनीले जनाएको छ ।