काठमाडौ, पुस ८
श्रृजनशील लघुवित्त बित्तीय संस्थाको साधारण शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सन्राइज क्यापिटल लिमिटेड नियुक्त भएको छ । नेपाल राष्ट्र बैंकवाट “घ” वर्गको इजाजत प्राप्त गरी गोलबजार ७, चोरहवा, सिराहामा रजिष्ट्रर्ड कार्यालय रहेको श्रृजनशीलको तीन लाख ३७ हजार २५ कित्ता अर्थात रकम तीन करोड सेतिस लाख दुइ हजार पाँच सय वरावर साधारण शेयर निष्काशन गर्नको लागि सनराईज क्यापिटल लिमिटेड, कमलपोखरी, काठमाण्डौंलाई निष्काशन तथा विक्री प्रबन्धकमा नियुक्त गरिएको जानकारी कम्पनीले दिएको छ, ।
उक्त कार्यको लागि लघुवित्त वित्तीय संस्थाका तर्फवाट प्रमुख कार्यकारी अधिकृत बटुक शमशेर श्रेष्ठ तथा सनराईज क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठ द्धारा द्धिपक्षीय सम्झौता पत्रमा हस्ताक्षर गरी निकट भविष्यमा उक्त साधारण शेयर निष्काशन गर्नका लागि सम्झौता गरिएको संसथाले जानकारी दिएको छ ।