neapl investment mega bank
  • गृहपृष्ठ
  • सिद्धार्थ बैंकको ५–१०–१५ क्यास ब्याक योजना

सिद्धार्थ बैंकको ५–१०–१५ क्यास ब्याक योजना

Dec 23rd, 2021

काठमाडौ, पुुस ८
सिद्धार्थ बैंक लिमिटेडले १९ औं वार्षिकोत्सवको उपलक्ष्यमा आफ्ना ग्राहकहरूको सुविधा तथा ग्राहकहरुलाई डिजिटल कारोबार गर्न प्रोत्साहन गर्ने उद्देश्यकासाथ पुस सात गते बुधबार देखि ५–१०–१५ क्यास ब्याक योजना ल्याएको छ ।

बैकका अनुसार यो योजना अन्तर्गत ग्राहकहरुले डेबिट कार्ड, के्रडिट कार्ड र मोबाइल बैंकिङ्गमार्फत कारोबार गर्दा क्यास ब्याक प्राप्त गर्न सक्नेछन । यी सेवा प्रयोग गरी कारोबार गर्दा ग्राहकहरूले पाचौं कारोबार रकमको पाँच प्र्रतिसत अथवा अधिकतम एक सय रुपैयाँ, दशौं कारोबार रकमको १० प्रतिसत अथवा अधिकतम एक सय ५० रुपैयाँ र १५ औं कारोबार रकमको १५ प्रतिसत अथवा अधिकतम दुई सय ५० रुपैयाँसम्म क्यास व्याक पाउन सक्नेछन ।

यो योजनाले ग्राहकहरूलाई नगद भुक्तानी कारोबारबाट डिजिटल भुक्तानी कारोबारतर्पm आकर्षित गर्ने विश्वास बैंकले लिएको छ । आफ्ना ग्राहकहरूको सुविधा तथा सहजतालाई मध्यनजर गर्दे बैंकले विभिन्न समयमा यस्ता योजनाहरु ल्याउने क्रममा ग्राहकहरुको उत्साहजनक सहभागिता रहँदै आएको छ ।