neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

सेभिया र बार्सिलोनाको बराबरी

Dec 22nd, 2021

आधारभूमि संवाददाता

काठमाडौं, पुष ७

स्पेनिस ला लिगा फुटबलमा सेभिया बार्सिलोनासँग बराबरीमा रोकिएको छ ।मंगलबार राति घरेलु मैदानमा भएको खेलमा सेभियालाई बार्सिलोनाले १-१ गोलको बराबरीमा रोकेको हो ।

खेलमा बार्सिलोनाको लागि रोनाल्ड अराउजोले एक गोल गरे भने सेभियाको पपु गोमेजले एक गोल गरेका थिए।

खेलमा पहिलो अग्रता सेभियाले लिएको थियो । खेलको ३२ औं मिनेटमा पपु गोमेजले गोल गर्दै सेभियालाई सुरुवाती अग्रता दिलाएका थिए ।

तर, खेलको ५९ औं मिनेटमा बार्सिलोनाका रोनाल्ड अराउजोले गोल गर्दै खेल बराबरीमा फर्काए ।

खेलको ६४ औं मिनेटमा सेभिया १० खेलाडीमा समेटिएको थियो ।सेभियाका जुल्स कोउन्देले रातो कार्ड पाउँदै मैदान छाड्न परेको थियो।जसको फाइदा बार्सिलोनाले उठाउन सकेन।

बराबरीसँगै सेभियाको १८ खेलबाट ३८ अंक छ र दोस्रो स्थानमा छ ।बार्सिलोनाको १८ खेलबाट २८ अंक जोडेको छ र सातौं स्थानमा छ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi