काठमाडौ, पुस ६
नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडको छैठौं वार्षिक साधारण सम्पन्न भएको छ । कम्पनीले मंगलबार सम्पन्न नेपाल एसबिआई बैंकको केन्द्रीय कार्यालय, केशरमहल, काठमाडौंमा बार्षिक साधारण सभा सम्पन्न गरेको हो ।
सभाले कम्पनीको आ.व. २०७७/७८ को संचालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण (आषाढ मसान्त २०७८ को वासलात, आ.व. २०७७/७८ को नाफा नोक्सान हिसाब लगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु समेत पारित गरेको छ ।सभाले आ.व. २०७८/७९ को कम्पनीको लेखापरीक्षण गर्नका लागि एसएमसी एशोसियट्स, चाटर्ड एकाउण्टेन्ट्लाई लेखापरीक्षकमा नियुक्ती एवं निजको पारिश्रमिक समेत अनुमोदन गरेको छ ।